२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


‘एनआरटी’लाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन १० । सशस्त्र प्रहरीको एपीएफ क्लब ‘सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सशस्त्र २–१ एनआरटी

‘ए’ डिभिजन प्रतिद्वन्द्वी न्यूरोड टिम (एनआरटी)लाई स्तब्ध पार्दै सशस्त्र अन्तिम आठमा पुगेको हो ।

शनिबार धनगढी रंगशालामा भएको खेलमा सशस्त्रले एनआरटीलाई २–१ ले पराजित गर्‍यो ।

गोलकर्ता

सशस्त्रका लागि खेलको ६१औं मिनेटमा रमेश दंगाल र ६७औं मिनेटमा बिकु तामाङले एक/एक गोल गरे ।

त्यसअघि, ३९औं मिनेटमा एनआरटीका दर्शन गुरुङले एक गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ सशस्त्रका रमेश दंगाल घोषित भए । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको यो चौथो संस्करण हो । सशस्त्र साविक उपविजेता टोलीसमेत हो ।

अब सशस्त्रले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

बदला

यसअघि, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीसित ३–२ को हार व्यहोरेको सशस्त्रले त्यसको बदलासमेत लिएको छ ।

आइतबारको खेल

प्रतियोगिताअन्तर्गत् आइतबार नव जनजागृति क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।

प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । यही फागुन २० गतेसम्म चल्नेछ ।

शुक्रबार उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको थियो । वागमती युवा क्लब सिरहालाई ‘टाइब्रेकर’मा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाइनल प्रवेश गरेको हो ।

पुरस्कार

१२ टोली सहभागी प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ र  उपविजेताले १० लाख एक रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जनाएको छ ।