
काठमाडौं, फागुन १० । क्रिकेट खेलाडी सन्दीप लामिछानेले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।
चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाका लागि उनले रु ७० हजार फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।
सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘आइसीसी विश्वकप क्रिकेट लिग–२’ खेल्नेक्रममा हरेक विकेट लिएवापत्को रकम रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले प्रत्येक विकेट लिएवापत्को रु ८ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए ।
सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा ८ विकेट लिएका थिए ।
सोही विकेट बराबरको रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरिएको हो । सन्दीप रंगशाला निर्माणका सद्भावनादूतसमेत हुन् । रासस
प्रतिक्रिया दिनुहोस्