Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु


0
Shares

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ ।

‘भीमदत्त समृद्धिको आधार,पर्यटन शिक्षा कृषि र व्यापार’ भन्ने मूल नाराका साथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धन र प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा विश्वकै दुर्लभ वन्यजन्तु, जैविक विविधता तथा ठूलो झुण्डमा पाइने बाह्रसिङ्गे र शुक्लाफाँटा घाँसे मैदानको अवलोकन गराइनुका साथै विभिन्न प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ ।

निकुञ्जसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसार र भ्रमण वर्ष सफल पार्न महोत्सव आयोजना गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भिमदत्त नगरपालिकाले २०७४ देखि संयुक्त रुपमा महोत्सव आयोजना गर्दै आएका छन् । महोत्सव फागुन १९ गतेसम्म चल्नेछ ।