
काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ । गएराति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ ले पराजित गरेको हो ।
ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जित निकालेको हो ।
खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए ।
तर खेलको ५० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा फाबियनले गोल गर्दै नापोलीलाई २–१ को जित दिलाए ।
जितसँगै २५ खेलमा ३६ अंक जोडेको नापोली लिगको छैटौं स्थानमा उक्लिएको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्