२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अमेरिका र तालिवानबीच भएको सहमति कार्यान्वयन


0
Shares

काठमाडौं । अमेरिका र तालिवानबीच अफगानिस्तानमा हिंसा कम गर्ने विषयमा भएको सहमति कार्यान्वयनमा आएको छ ।

गतहप्ता म्युनिख सुरक्षा सम्मेलनका क्रममा  दुवै पक्षले हिंसा अन्त्यका लागि सात दिने सहमति गरेका थिए ।

सहमति अनुसार अमेरिका र तालिवान दुवै पक्षले अफगानिस्तानमा सात दिनसम्म कुनै पनि हिंसाका घटना गर्ने छैनन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सहमति दीर्घकालीन शान्तिका लागि महत्वपूर्ण कदम भएको बताए ।

तालिवानका वार्ताकारले सहमतिले शान्ति सम्झौताका लागि उपयुक्त वातावरण बनाउने भन्दै मुलुकबाट सबै विदेशी सेना फिर्तीका लागि यस आधार तयार पार्ने विश्वास लिएका छन् ।

यो सहमति सफल भए दुवै पक्षले दुई दशक लामो संघर्ष अन्त्यका लागि पहिलो चरणको सम्झौता गर्ने छन् । सन् २०१९ मा अमेरिका र तालिवान शान्ति सम्झौता नजिक पुगेका थिए ।

तर अफगान सरकारले सहमतिमा आपत्ति जनाउंदै शर्तसहित युद्धविराम गर्ने जनायो ।

अमेरिकाले तालिवानसँग शान्ति सम्झौताको लागि पटक–पटक प्रयास गर्दै आए पनि सफल हुन सकेको छैन ।

सन् २००१ बाट तालिवानविरुद्ध शुरु गरेको अमेरिकी कारवाहीका क्रममा करोडौं डलर खर्च भैसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका क्रममा अफगानिस्तानमा अमेरिकाले गरेको कारवाही अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । (एजेन्सी)