काठमाडौं, साउन २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुस्ताङको जोमसोम र हुम्लाको सिमकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् ।
मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन गर्दै यसको क्षेत्र विस्तार गर्दै निजी र व्यावसायिक क्षेत्रलाईसमेत सेवा दिनेगरी काम गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
त्यसका लागि प्राविधिक जनशक्ति, सेवा विस्तार र बजेटका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्