
काठमाडौं, फागुन ९ । महाशिवरात्रीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारी पशुपतिनाथ गुगेकी थिइन् ।
राष्ट्रपति जाने भएपछि मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पशुपतिनाथमा अहिले पनि सर्वसाधारणको उत्तिकै भीड रहेको छ । विहानैदेखि शुरु भएको पूजा तथा दर्शनको क्रम मध्य रातीसम्म चल्ने छ ।
देशभरका अन्य शिवालयहरुमा पनि दिनभर भक्तजनहरुको भीड लागेको थियो । शुक्रबार राती धुनी बालेर बस्ने तथा भजन किर्तन गर्ने चलन रहेको छ । पुराणहरूमा कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार वटा प्रमुख रात्रीको महत्व वर्णन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्