काठमाडौं, साउन २२ । मंगलबार पनि सेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंक बराबरले झरेर ११ सय ८८ मा आएर थामियो ।
होटल, निर्जीवन बिमा र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ऋणात्मक रहे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ३९ अंकले झर्यो । होटल समूहमा सबैभन्दा उच्च ३२ अंकको सुधार आयो ।
यसदिन १५७ कम्पनीका ९ लाख कित्ता सेयर २१ करोड ३७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्