२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आर्सनल विजयी, म्यानयु बराबरीमा रोकियो


0
Shares

काठमाडौं, फागुन ९ । युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पिकाओसलाई पराजित गर्दा युनाइटेडले बेल्जियमको क्लब ब्रुगासँग बराबरी खेलेको हो ।

ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे । बुकायो साकाको क्रसमा ८१औं मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन् ।

दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ ।

यस्तै, प्रिमियर लिग क्लब युनाइटेडले बेल्जियमका क्लब ब्रुगासँग १–१ गोलको बराबरी खेलेको छ ।

दोस्रो लेगको खेल युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा आउँदो बिहीबार हुनेछ ।