
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएको बताउनु भएको छ ।
सरकारले आगामी वैशाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सम्पूर्ण शंकाहरु हटेको उहाँले बताउनु भएको हो । आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ ।
स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ ।
संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन’, उहाँले भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्