Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘आन’द्वारा एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन


0
Shares

काठमाडौं, फागुन ८ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो भगिनी संस्था एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन गरको छ ।

नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन सर्जक, विज्ञापनदाता, विज्ञापन बजारका विद्यार्थी र ब्रान्डसँग सम्बन्धित व्यक्तिहरुलाई समेट्ने अभिप्रायले यो क्लब गठन गरेको आनका अध्यक्ष तथा क्लबका गभर्नर रविन्द्रकुमार रिजालले बताएका छन् ।

नवगठित कार्यसमितिको ज्वाइन्ट गभर्नरमा महेन्द्र श्रेष्ठ र सुजनराजा श्रेष्ठद्वय नियुक्त भएका छन् ।

यस्तै, डेपुटी गभर्नरमा सुदीप रेग्मी तथा कार्यकारी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाही र अनन्तराज घिमिरे नियुक्त भएको आनले जनाएको छ ।