२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


खप्तड गोल्डकपको तयारी पूरा


0
Shares

कैलाली, फागुन ८ । सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबारबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।

यही फागुन २० गतेसम्म सन्चालन हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेतालाई २१ लाख एक रुपैयाँ तथा उपविजेतालाई १० लाख एक रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।