२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


‘साग’को हिसाब–किताब तीन महिनाभित्र सार्वजनिक गरिन्छ : सिलवाल


39
Shares

पोखरा, फागुन ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको पूर्वाधार तथा खेल सन्चालनमा स्थानीय निकायलाई आवश्यक रकम उपलब्ध गराइने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले खेलाडी उत्पादनमा देशभरका ७५३ ओटै स्थानीय तहमा पूर्वाधार निर्माणमा राखेप लागिपरेको बताए ।

उनले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दन्ड, सजायको दायरामा ल्याइने चेतावनी दिए ।

सदस्यसचिव सिलवालले गण्डकी प्रदेशमा आगामी वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको जानकारीसमेत दिए ।

उनले गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब–किताब तीन महिनाभित्र सार्वजनिक गर्नेसमेत बताए ।