२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


जग्गा दिन्छु भन्दै हिड्ने २ जना पक्राउ


325
Shares

काठमाडौं । सुकुम्बासीलाई जग्गा दिलाइ दिने भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई भूमि आयोगको मान्छे भन्दै गठी गर्ने झापा भद्रपुर घर भै काठमाडौको टोखा नगरपालिका बस्ने ३८ वर्षीय नारायण चौधरी र बुढानिलकण्ठ – ४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी रहेका छन् ।

उनीहरुले सुकुम्वासीलाई जग्गा दिने भन्दै फारम भराएर प्रतिब्यक्ति ५० हजार रुपैयाँ उठाउँदै गरेको अवस्थाका बालाजु वृत्तबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले निवेदन फारम ,ल्यापटप, प्रीन्टर र विभिन्न ब्यक्तिहरुको फोटो बरामद गरेको जनाएको छ ।