
काठमाडौं । इजिप्टलाई हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
क्यामरुनको राजधानी याउन्डेमा रहेको आलेम्बे रंगशालमा गएराति भएको फाइनल खेलको सातौं मिनेटमा सेनेगलले पाएको पेनाल्टी अवसर खेर फालेको थियो । सेनेगलका सादियो मानेको प्रहारलाई इजिप्टका गोलरक्षक गाबास्कीले रोकिदिएका हुन् ।
निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइ ब्रेकरबाट भएको हो । टाई ब्रेकरमा सेनेगल ४–२ ले विजयी भयो ।
नक आउट चरणमा आइभोरी कोष्ट र क्यामरुनलाई पेनाल्टी सुट आउटमै हराएको इजिप्टले सेनेगल विरुद्धको फाइनल खेलमा भने त्यो सफलता दोहो¥याउन सकेन । सेनेगलको जितसँगै अफ्रिकी महादेशले नयाँ फुटबल च्याम्पियन पाएको छ ।
सर्वाधिक सफल टोली इजिप्टको भने किर्तीमानी आठौं पटक उपाधि जित्ने लक्ष्य भने अपुरै रह्यो ।
प्रतिक्रिया दिनुहोस्