२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान उमारलाई क्रिक्रेट खेल्न प्रतिबन्ध


0
Shares

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको छ ।

पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरी अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो ।

प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नु पर्नेछ ।

पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए ।