
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारमा १४ सदस्यीय बनेको छ ।
आज थप ८ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भएका छन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।
शेखरचन्द्र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्नु भएको छ । खोटाङका राजन राई सामाजिक विकास मन्त्री बन्नु भएको छ ।
हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बन्नु भएको छ । खिनु लङ्वा लिम्बू लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बन्नु भएको छ ।
उपेन्द्र घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्