Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पञ्चायतकालमा शहिद गणतन्त्रमा राहत


0
Shares

धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहिदभुमीका सहिद परिवारले राहत पाएका छन् ।

प्रदेश सरकारले धनकुटाको शहिदभूमि गाँउपालिकाको खोकु छिन्ताङ्ग र आँखीसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिको परिवारलाई प्रजातन्त्र दिवसको अवसर पारेर प्रतिपरिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिकमत कार्कीसहितको टोली छिन्ताङ्ग पुगेर राहत उपलब्ध गराएको हो ।

पञ्चायती शासनको विरोध गर्दा फरक विचार राखेको भन्दै तत्कालीन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लाका १६ स्थानीयको हत्या गरेको थियो ।

हत्या भएको करिब चार दशकपछि सरकारले २०७४ पुषमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । कात्तिक २९ गते सहिद दिवसमा पुग्नु भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद परिवारलाई प्रदेश सरकारले ५÷५ लाख रुपैयाँ राहत उपलब्ध घोषणा गर्नु भएको थियो ।