
बैतडी । दशरथचन्द नगरपालिकामा प्रजातन्त्र दिवसको उपलक्ष्यमा मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । २३ वर्ष मुनिको तेस्रो संस्करणको प्रतियोगिताको बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा उद्घाटन भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ११ ले वडा नं ५ लाई ५७ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको ११ ले १९.५ ओभरमा अलआउट हँुदैं १३५ रन बनायो ।
उसका लागि लोकेन्द्र चन्दले सर्वाधिक ४८ रन बनाए । ५ नं का लागि नरेश रावलले ३ र सुभम चन्दले २ विकेट हात पारे । १३६ रनको विजय लक्ष्य पन्छाएको ५ नं १६.२ ओभरमा ७८ रनमा समेटियो ।
जसमा नागेश दमाइले सर्वाधिक १२ रन बनाए । ११ का लागि मदन चन्दले ३ विकेट हात पारे । ११ का लोकेन्द्र चन्द म्यान अफ द म्याच चुनिए ।
दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी रहेका छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने म्यान अफ द सिरिजले १० हजार रुपैयाँ पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । उपाधि भिडन्त फागुन १५ गते हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्