२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


जर्मनीमा बारमा गोली चल्दा आठको मृत्यु


0
Shares

एजेन्सी । पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार दिउँसो शिशा बारमा भएको गोली प्रहारमा केही सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको प्रहरीले जनाएको छ ।