२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आरबी लिपजिगसँग हार्‍यो टोटनह्याम, अर्को खेलमा म्यान्चेष्टर सिटी विजयी


0
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटनह्यामले अप्रत्यासीत हार ब्यहोरेको छ ।

गएराती भएको लिगको खेलमा टोटनह्यामलाई जर्मन क्लब आरबी लिपजिगले १–० ले हराएको हो ।

घरेलु मैदानमै पहिलो लिगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ ।

यस्तै गएराती नै भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २–० गोल अन्तरले हराएको छ ।

सिटीको जितमा रोड्री र केभिन डी ब्रुइनले गोल गरे । युरोपेली फुटबल महासंघको प्रतिबन्धपछि सिटीले पहिलो जित हासिल गरेको हो ।

वित्तीय अनुशासन पालना नगरेको भन्दै सिटीमाथि युरोपमा दुई वर्षको प्रतिबन्ध लागेको छ ।

सिटीले निर्णयविरुद्व विश्व खेलकुदको सर्वोच्च निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ ।

पछिल्लो प्रतिबन्धसँगै सिटीले दुई वर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा खेल्न नपाउने भएको छ ।

जितसँगै सिटीले लिग तालिकामा तेस्रो स्थानको लेस्टरसँगको दुरी चार अंकले बढाएको छ ।

लिगमा १२ खेल बाँकी रहँदा लिभरपुलले २२ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको सिटीको ५१ अंक छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक रहेको छ ।