२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेयर बजारमा सुधार जारी, कारोबार घट्यो


0
Shares

काठमाडौं, फागुन ७ । बुधबार पनि सेयरबजारमा सामान्य सुधार जारी रह्यो ।

नेप्से सामान्य अंकले सकारात्मक रहँदा कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य खुम्चियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले उकालो लागेर १४ सय ५ अंकमा पुग्यो ।

यसदिन कारोबार भएका आधाजसो समूह हरियो रहे भने आधा समूह रातोे रहे ।

यसदिन लघुवित्त, उत्पादनमूलक, व्यापार, विकास बैंक, जलविद्युत् र अन्य समूह सकारात्मक रहेका हुन् । लघुवित्त समूहमा १०४ अंक र उत्पादनमूलक समूहमा ९४ अंकको वृद्धि आयो ।

यसदिन बिमा, वाणिज्य बैंक, होटल, वित्त र सामूहिक लगानी कोष ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीको २४ लाख ७७ हजार कित्ता सेयर एक अर्ब ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।