२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


मच्छिन्द्र सेमिफाइनलमा


0
Shares

झापा, फागुन ७ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।

खेलमा ब्वाइजले प्रारम्भिक अग्रता लिएपनि मच्छिन्द्रलाई रोक्न भने सकेन ।

प्रतियोगिताअन्तर्गत् बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछन् ।

पहिलो सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्रीस्टार क्लब खेल्नेछन् ।