
काठमाडौं, फागुन ७ । यही फागुन ११ गतेदेखि सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्री कुमारी क्लब भिड्ने भएका छन् ।
१२ टोलीबीचको भिडन्तका सबै खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछन् ।
यसपटक श्री कुमारी, ब्वाइज युनियन, ‘आरसीटी’, मध्यपुर, बाँसबारी, श्री भगवती, टुसाल, खुमलटार, नयाँबस्ती, झम्सिखेल, सातदोबाटो र पुल्चोक स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ‘ए’ डिभिजनका लागि बढुवा पाउने छ । पुछारको टिम घटुवा हुनेछ ।
विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ ।
लिग आउँदो चैत २३ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्