१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मुस्ताङमा र म्याग्दीमा हिमपात


169
Shares

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ ।

बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ ।

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै अत्यधिक चिसो बढेको छ ।

हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको छ ।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी जान सकेका छैनन् । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ ।

त्यसैगरी, हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा बिहीबार रातिदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण जोमसोम विमानस्थलमा हवाइ उडान पनि अबरुद्ध बनेको स्थानीय प्रशासनले जनाएको छ ।मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको बताइएको छ ।