Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


अफगानिस्तानमा राष्ट्रपति निर्वाचनको नतिजा विपक्षी नेताद्वारा अस्वीकार


0
Shares

काठमाडौं, फागुन ७ । अफगानिस्तानमा राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भएपछि उनका निकटतम् प्रतिद्वन्द्वी अब्दुला अब्दुल्लाले चुनावी नतिजा अस्वीकार गरेका छन् ।

अफगानिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घन्टापछि घानीका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका हुन् ।

उनले चुनावमा आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा समावेशी सरकार गठन गर्नुपर्ने माग राखेका छन् ।

चुनावी नतिजामा वर्तमान राष्ट्रपति असरफ घानीले कुल खसेको मतको ५०.६ प्रतिशत र अब्दुल्ला अब्दुल्लाले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।

विद्रोही तालिबानको अवरोधकाबीच निर्वाचन सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेको थियो । (एजेन्सी)