Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त


104
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त हुनु भएको छ ।

सरकारले बिहिबार (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा कृष् बहादुर कार्कीलाई नियुक्त गरेको हो ।

सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर उहाँ हाल बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख समेत हुनुहुन्छ ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । रिक्त रहेको नेप्से सीईओ पदको प्रतिस्पर्धामा ११ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जना सर्टलिस्टमा परेका थिए ।

गत पुस २६ मा त्यसबाट प्रवीण पन्दाक र रमेश घिमिरेलाई अस्वीकृत गर्दै छनोट समितिले बाँकी ३ जनामध्येबाट नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियाे ।