Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आगामी दिनहरु प्रदेशको विकास र समृद्धिको वर्ष हुनेछ: मुख्यमन्त्री राई


0
Shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन प्रदेश सरकार लागि परेको दावी गरेका छन् ।

उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वयन र विकासको आधार वर्ष भएकाले अबका दिन प्रदेशको विकास र समृद्धिको वर्ष हुने बताए ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्रीले सरकार स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन प्रयासरत रहेको बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप उर्जा प्रदान गर्ने विश्वाससमेत राखे ।

कार्यक्रममा प्रदशेका मन्त्री, प्रदेशसभा सदस्यहरु, मन्त्रालयका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।