Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


अफगानिस्तानमा असरफ घानी राष्ट्रपतिमा पुनः निर्वाचित


0
Shares

अफगानिस्तान । राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भएका छन् । निर्वाचन भएको पाँच महिनापछि घानीलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएकाले घानी निर्वाचित भए अफगानिस्तन पुन संकटमा फस्ने भन्दै विरोध गर्दै आएका थिए । नवनिर्वाचित घानीले ५० प्रतिशत भन्दा बढी मत ल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति घानीका मुख्य प्रतिष्पर्धी अब्दुल्लाह अब्दुल्लाहले ३९ प्रतिशत मत्र प्राप्त गरेका छन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरुले घानीको कडा विरोध गरेका थिए ।

उनीहरुले केही स्थानमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गरे । निर्वाचन आयोगका प्रमुख हवाम आलम नुरिस्तानीले पत्रकार सम्मेलन गरेर घानी विजयी भएको घोषणा गरेका हुन् ।

तालिवानीहरुसँग शान्ति वार्ताको प्रयास जारी रहेका बेला चुनावी नतिजा सार्वजनिक गरीएको हो । सन् २००१ मा अमेरिकाले तालिवानीहरुको सत्ताच्यूत गराएपछि निर्वाचन भएको यो चौथो पटक हो ।

३७ करोड जनसंख्या रहेको अफगानिस्तानमा करिव १० करोड मतदाता रहेका छन् । तर सुरक्षाका कारण मतदाताको अनुपातमा कम मत खसेको बताइएको छ ।