Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


जगदिशपुरमा २६ औं सिमसार दिवस मनाइयो


338
Shares

कपिलवस्तु, माघ १९ । कपिलवस्तुको जगदिशपुर जलाशय क्षेत्रमा २६ औं सिमसार दिवस मनाइएको छ ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर जलाशय क्षेत्र परिषरमा २६ औं सिमसार दिवस तथा ९ औं चरा महोत्सवको आयोजना गरिएको हो । ‘दलदल, पानी, पोखरी र खोला संरक्षण गरे सर्वहित होला’ भन्ने नाराका साथ जगदिशपुर जलाशय बहुसरोकार मञ्च कपिलवस्तुको आयोजनामा दिवस मनाइएको हो ।

सो अवसरमा सिमसार क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर्‍याएका सञ्चारकर्मीहरु डिलाराम भुसाल र मनोज कुमार श्रीवास्तवलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरि राष्ट्रियस्तरका खेलकुदमा परिचय बनाएका तुलसीराम थारु र सुदिप थारु तथा होमस्टे सञ्चालक अनिल थारुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा डिभिजन वन अधिकृत बिजयराज सुवेदीले सिमसार संरक्षणका लागि सिमसार क्षेत्रलाई कुनै प्रभाव पार्न नहुने बताउनुभयो ।