Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


नवलपुरमा वार्षिक ५२ करोडको माछा उत्पादन


0
Shares

नवलपुर । नवलपुर जिल्लामा वार्षिक ५२ करोडको माछा उत्पादन हुने गरेको छ । माछा पालनका लागि पानीको पर्याप्तता, दाना उत्पादन र खरिदका लागि सहजिकरण भएकोले गर्दा उत्पादन बढेको हो ।

अरु जिल्लाभन्दा नवलपुरमा सरल रहेको, माछा पालन गर्नेको संख्या वृद्धि भएको साथै माछा उत्पादनमा पनि ह्रास नआएको नेपाल मत्य व्यवसायी संघका केन्द्रीय सहसचिव इन्द्रमणि भुसालले जानकारी दिए ।

नवलपुरको देवचुली १३, कावासोतीको अमलटारी र पिठौली माछा उत्पादनका लागि अब्बल क्षेत्रको रुपमा रहेको छ । नवलपुरभरी करिव ५ सय विघा क्षेत्रफलमा माछा पालन हुँदै आएको छ ।