२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


जलवायू परिवर्तनका असर कम गर्न अमेजनका अध्यक्ष बेजोसले गरे दश अर्ब डलरको सहयोग


0
Shares

एजेन्सी । अमेजनका अध्यक्ष जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि दश अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्न चाहेको बताएका हुन् ।

आफूले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ ।

बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलयावू परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताए । उनले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गरेका छन् ।