काठमाडौं, फागुन ५ । सन् २०१९ मा नेपालमा एसियाली विकास बैंक (एडीबी)को सहयोग परिचालन हालसम्मकै उच्च रहेको छ ।
एडीबीले गत वर्ष नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाका लागि झण्डै ३७ अर्ब रुपैयाँ बराबर सहयोग गरेको जनाएको हो ।
बैंक र अर्थ मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको लगानी समीक्षा बैठकमा गत वर्ष नेपाललाई ३२ करोड ३७ लाख अमेरिकी डलर सहयोग गरेको जानकारी गराइएको हो । जुन हालसम्मकै उच्च हो ।
एडीबीले भूकम्पपछिको आपत्कालीन सहयोग परियोजनादेखि सासेक, ऊर्जा प्रणाली विस्तार परियोजना, खाद्य सुरक्षा तथा कृषि व्यवसायीकरण कार्यक्रमलगायतका विभिन्न परियोजनामा उक्त रकम परिचालन भएको जनाइएको छ ।
पछिल्ला समय नेपालको पूर्वाधार क्षेत्रको थोरै तर ठूला परियोजनामा एडीबीको सहयोग बढ्दै गएको नेपालका लागि एडीबीका देशिय निर्देशक मुक्तोर खामुदखानोभले उल्लेख गरे ।
सहयोग परिचालनले केही गति लिएपनि अझै धेरै चुनौती विद्यमान रहेकाले अपेक्षित परिणाम हासिल गर्न नसकिएको उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्