२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकमा सुरेश श्रेष्ठ


117
Shares

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ ।

नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए ।

उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया भने अगाडी बढेको छैन ।

पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आउनु भएको छ । तर, प्रतिवेदन अनुसार कारबाही प्रक्रिया भने अघि बढेको छैन ।

उता, पशुपति धर्मशालाको ठेक्का सम्झौता पनि रद्द नभएको पाइएको छ ।