Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


सुनको मूल्य स्थीर, चाँदीको बढ्यो


0
Shares

काठमाडौं, फागुन ५ । सोमबार सुनको मूल्य स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुन तोलाको ७६ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५०० ले बढेर ७६ हजार ५०० मा कारोबार भएकोमा यस दिन पनि स्थीर रहेको हो । यो हालसम्मकै उच्च मूल्य हो । तर, तेस्रोपटक सूनको मूल्यले यो उचाइ छोएको हो ।

चाँदीको मूल्य भने यसदिन पनि ५ रुपैयाँले बढेर ८९० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय ८३ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।