Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटः नेपालको पहिलो भिडन्त मलेसियासँग


0
Shares

काठमाडौं, फागुन ५ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

उक्त तालिकाअनुसार नेपालको पहिलो भिडन्त मलेसियासँग हुने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालको पहिलो खेल यही फागुन १७ गते मलेसियासँग हुने भएको छ ।

नेपालले दोस्रो खेलमा फागुन १८ गते हङकङसँग, तेस्रो खेलमा फागुन २१ गते आयोजक थाइल्यान्डसँग तथा अन्तिम खेलमा फागुन २३ गते सिंगापुरसँग खेल्नेछ ।

पाँच टोलीले आपसमा खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टिमले एसिया कपमा स्थान बनाउने छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली टिम एसिया कपमा छानिन सक्षम रहेको बताए ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, आरिफ शेख, विनोद भण्डारी, पवन सरार्फ, सुशन भारी, किशोर महतो, सन्दीप जोरा र भुवन कार्की रहेका छन् ।

भुवनले सन् २०१५ पछि पहिलोपटक टिममा पुनरागमन गरेका छन् ।