काभ्रे, पलागुन ५ । काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुदै प्रधानमन्त्री ओलीले सरकारलाई नरुचाउने समूह परिर्वतनबाट अत्तालित थालेको बताए ।
८८ प्रतिशत घरमा केन्द्रीय विद्युत लाइन पुगेको दाबी गदै उनले अबको दुई बर्षमा बाँकी १२ प्रतिशत घरमा पनि विद्युत पुर्याउने गरी काम भईरहेको छ भने ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको भन्दै चाँडै मेलम्चीको पानी घर घरमा पुग्ने बताए ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिङ्गो देश परिर्वतनको दिशामा अगाडि बढिरहेको दावी गरे ।




प्रतिक्रिया दिनुहोस्