२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


दूधकोसी जलविद्युत् आयोजनामा एक महिनामा ३ जना कामदारको मृत्यु


351
Shares

काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कामदारको मुत्यु भएको छ ।

गत पुस ११ गते हाइड्रोपावरको पाईप पड्कदा २ जना इन्जिनियरको मृत्यु भएको थियो भने सो घटनाको एक महिनामा अर्का एक कामदारको मृत्यु भएको थियो ।

हाइड्रोपावरको पाईप पड्कदा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीया अर्जुन थापाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए ।

त्यस्तै गत बिहिबार सोही स्थानको सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा बाराको कोलभी नगरपालिकाका २४ वर्षीया राकेश चौधरीको मृत्यु भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र आयोजनाका कर्मचारीले तीन दिनपछि १ सय ६० मिटर गहिराईमा उहाँको शवफेला पारेका हुन् ।

२ जना इन्जिनियरको मृत्यु भएपछि घटनाको विषयमा थप छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस १३ गते सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।