काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत विद्युत् वितरण प्रणालीलाई तिव्रता दिने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको विद्युृत् केवल भूमिगत गर्ने कार्यको आज(सोमबार) काठमाडौको महाराजगञ्जबाट शुभारम्भ गर्दै उनले सडकबाट तार हटाउने नयाँ कामको थालनी सरकारले गरेको बताए । उनले नयाँ प्रविधिको प्रयोगबाट मुलुकलाई अगाडि बढाउन सरकार क्रियाशिल रहेको बताए ।
उनले भूमिगत तार बिस्तारबाट विद्युत् सेवा प्रभावकारी सुरक्षित हुने विश्वास व्यक्त गरे ।
उनले तार भूमिगत प्रणालीलाई छिटो छरीतो र समयमै सम्पन्न गर्नको लागि पनि निर्देशन दिए ।
उर्जामन्त्री वर्षमान पुनले सरकारले विद्युत् उत्पादन, प्रसारणको कामलाई तिव्रता दिएको बताए ।
उनले विद्युत् सेवालाई भरपर्दो र विश्वसनीय बनाउने चुनौति रहेको भन्दै विद्युत् सेवालाई व्यवस्थित बनाइने बताए ।
उनले दुई वर्ष भित्र देशभर विद्युत्सेवा बिस्तार गर्ने सरकारको योजना रहेको पनि बताए । पुनले नेपाल विद्युत प्रसारण र विस्तार नयाँ युगमा प्रवेश गरेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा विद्युत प्रणालीलाई भूमिगत स्वचालित गर्ने बताए ।
दोस्रो चरणमा उपत्यकाका तीनवटै जिल्लामा कामको थालनी गर्ने र तेस्रो चरणमा देशका प्रमुख शहरमा तारलाई भूमिगत गरीने जानकारी दिए ।
उनले तार भूमिगत प्रणाली गर्ने कामको थालनीको लागि एसियाली विकास बैंकले सहुलियत ऋण उपलब्ध गराएको बताए ।
उनले पहिलो चरण अन्र्तगत महाराजगञ्ज क्षेत्रमा २ सय ५० किलोमिटर र एक हजार एक सय भोल्टेजको भूमिगत लाइन र झण्डै चारसय किलोमिटर को चारसय भोल्टेजको भूमिगत लाईन निर्माण गरीने बताए ।
भुमिगत प्रणालीबाट सडक कम क्षति हुने र रातको समयमा काम गर्ने भएकाले सवारी आवगमनमा बाधा नपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्