२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


520
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ शिवपुर चोकमा शनिबार बेलुकी स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बा ६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल बस्ने ३८ बर्षीय विरेन्द्र महतोको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारको क्रममा अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।