सर्लाही । लालबन्दी नगरपालिका–४, हरिभवनमा साना किसान कृषि सहकारी संस्थाले खाद्य उद्योग सञ्चालनमा ल्याएको छ । दुई करोड २० लाख १० हजार रुपैंया लागतमा चामल मिल सञ्चालनमा ल्याएको छ ।
संस्थाको ४० प्रतिशत, सङ्घीय सरकारको ४० प्रतिशत र लालबन्दी नगरपालिकाको २० प्रतिशत लागतमा खाद्य उद्योग सञ्चालनमा ल्याइएको संस्थाका मुख्य प्रबन्धक पे्रम बहादुर थापाले जानकारी दिए ।
उद्योगले हाल प्रतिघण्टा दुई टन धान कुटानी गरी चामल निकाल्ने गरेको छ । आफुहरुले किसानबाट धान खरिद गर्दा यस क्षेत्रका प्रतिष्ठित उद्योगले दिइरहेको मूल्य भन्दा बढी र उपभोक्तालाई चामल बिक्री गर्दा अन्य उद्योगको तुलनामा कम मूल्यमा बिक्री गरिरहेको प्रबन्धक थापाले बताए ।
दुःख गरेर उत्पादन गरेको कृषि उपजमा बिचौलियाले फाइदा लिइरहेको अवस्थामा किसानले सिधै खरिद बिक्री गर्न सक्ने गरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्