
काठमाडौं । बागमती प्रदेश सरकार संघसँगको साझा अधिकार सूचिमा रहेको निजामती सेवासम्बन्धी ऐन निर्माणमा जुटेको छ ।
साझा अधिकार सूचिका कानून निर्माणमा संघीय सरकारले चासो नदिएपछि बागमती सरकार आफै अग्रसर भएको हो । प्रदेश सरकारले यसअघि पनि प्रदेश प्रहरी ऐन तयार गरेको थियो ।
संविधान अनुसार संघ र प्रदेश सरकारको साझा अधिकारमा पर्ने ऐन नबाझिने गरी बनाउनु पर्छ । संघले काम नगरेपछि प्रदेश पछि बन्ने संघीय कानूनसँग बाझिए संशोधन गर्ने गरी कानून निर्माण गर्न लागेको हो ।
अहिले प्रदेश सरकार निजामती ऐनको अभावमा कर्मचारी भर्ना गर्न नपाउँदा कर्मचारी अभाव छ । संघीयसदनमा लामो समयदेखि निजामती सेवासम्बन्धी विधेयक विचाराधीन छ ।
संविधान अनुसार साझा अधिकार सूचीमा २५ ऐन संघले निर्माण गरेपछि मात्र प्रदेश तहमा बन्न सक्ने अवस्था छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्