काठमाडौं । होटल सांग्रिलाले आफ्ना ग्राहकहरुलाई नयाँ अनुभुति दिने उद्देश्यले आफ्ना शेफहरु बीच खाना बनाउने प्रतियोगिता आयोजना गरेको छ ।
आफ्ना ग्राहकहरुलाई खाना बनाउने प्रक्रियामा समेत सामेल गराई घरेलु वातावरण दिने अभिप्राय सहित डिजाइन योर मिल कार्यक्रम ल्याएको हो ।
होटलले आइतबार आफ्ना सेफहरुलाई आफ्ना कला प्रस्तुत गरी मौलिक खाना बनाउने प्रतियोगिता आयोजना गरेको हो ।
नेपाली परम्परागत खानाको आफ्नो बेग्लै स्वादको छनक दिन जिम्बु, ज्वानु, टिम्मुर र अलैंची नाम दिएर प्रतियोगिहरुलाई चारवटा टिम बनाई आफ्ना इच्छा अनुसारको दुईथरी पकवान तयार पार्न डेढ घण्टाको समय दिइएको थियो ।





प्रतिक्रिया दिनुहोस्