काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पनि मुल्य वृद्धि उच्च नै रहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ६ महिनाको मुलुकको वर्तमान आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदनमा मुल्यवृद्धि अझै उकालो लाग्दै ६.४१ प्रतिशत रहेको जनाइएको हो । अघिल्लो महिना ६.३३ प्रतिशत रहेको थियो ।
अघिल्लो बर्षको यसै अवधिमा मूल्य बृद्धि ४.५८ प्रतिशतमा सिमित थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य बृद्धि १०.२१ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य बृद्धि जम्मा २.६५ प्रतिशत रहेको थियो ।
यस्तै यस अवधिमा निर्यात २६.१ प्रतिशतले बढेको छ भने आयात ४ प्रतिशते घटेको छ ।
यस्तै यसै अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिती २६ अर्ब ४५ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्