काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ ।
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातै प्रदेश र तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यसका लागि सबै प्रदेशमा खेलाडी छनोटसमेत गरिने छ । जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सवोत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।




प्रतिक्रिया दिनुहोस्