Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


शेयर बजारमा दोहोरो अंकको बृद्धि


0
Shares

माठमाडौं, फागुन ४ । साताको शुरुको दिन आइतबार शेयर बजारमा उल्लेख्य सुधार आयो ।

बजार परिसूचक दोहोरो अंकले बढ्दा झण्डै २ अर्बको कारोबार भयो । उतार चढावबीच बजार परिसूचक नेप्से १९ अंक बढीले उकालो लागेर १३ सय ६३ पुग्यो ।

वित्त, अन्य र सामुहिक लगानी कोष सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा सुधार आएको हो । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ४ सय १६ अंक अनि जीवन बीमा समूहमा पनि ३ सय ९८ अंकको बृद्धि आयो ।

लघुवित्त समूह पनि ५७ अंकले बढ्यो । उत्पादनमूलक समूहमा पनि ५३ अंकको सुधार आयो ।

व्यापार समूह पनि दोहोरो अंकले बढ्दा अरु भने सामान्य अंकले सकारात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७६ कम्पनीको ४१ लाख कित्ता शेयर १ अर्ब ९८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।