Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


ढुङ्गे बगैँचा हेर्न पर्यटकको ओइरो


0
Shares

रोल्पा । रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहल पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता देखिन थालेको छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–३ सातदोबाटोमा उक्त बगैँचा निर्माण गरिएको थियो । अहिले छोटो अवधिमा  अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले  शनिबार तीन सय बढीले अवलोकन गरेको जानकारी दिए ।

डिभिजन वन कार्यालय  र सो नगरपालिकाले संयुक्त रुपमा १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका  थिए ।

चालू आर्थिक वर्षमा बगैँचाको थप  काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिए ।

नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको जानकारी दिए ।

ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङबाट समेत आउने गरेको छन् ।

जलजला भ्रमण गर्न आउने पर्यटकले  बगैँचा पनि अवलोकन गर्ने गरेका जनाइएको छ । रासस