राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी


1.144k
Shares

कैलाली, माघ १२ । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी हुनुभएको छ ।

शाह नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुनुहुन्छ ।

उहाँ सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गर्नुभएको हो ।