१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


रसुवागढी नाका दुई सातादेखि सुनसान


0
Shares

रसुवा, फागुन ३ । चीनमा ‘कोरानाभाइरस’को संक्रमण बढेसँगै रसुवागढी नाका दुई सातादेखि सुनसान छ ।

अहिले रसुवागढी नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीमात्र छन् ।

अध्यागमन कार्यालय रसुवाकाअनुसार चिनियाँलगायत अन्य मुलुकका पर्यटक आवत–जावत ठप्प छ ।

चीनको केरुङमा समान लिन जाने सयौं कन्टेनर रोकिँदा आयात–निर्यात प्रभावित भएको छ ।

रसुवागढी नाका हुँदै केरुङमा रोजगारी र व्यापारका लागि पुगेका धेरै नेपाली फर्किसकेका छन् भने केही फाट्टफुट्ट आइरहेका छन् ।

केरुङमा काम गर्न पुगेका नेपालीहरु अनुकूल मिलाएर आउने गरेकोे सीमा प्रहरीचौकी रसुवागढी, टिमुरेले जनाएको छ ।