Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने


0
Shares

इलाम । इलामको सदरमुकाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ ।

इलाम बजारको मुख्य चोकसँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्स निर्माण हुने भएको हो ।

इलाम नगरपालिका र नेपाल सरकारको ९ करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको इलाम नगरपालिकाले जनाएको छ ।

भवनमा ९२ वटा सटर र दुईवटा लिफ्ट राखिने नगरपालिकाका इन्जिनियर दिपक गुरागाईंले जानकारी दिए । भवन निर्माण स्थलमा रहेका पसल हटाइसकिएको छ ।

अबको २१ महिनाभित्र अर्थात ०७६ चैत ३० गतेसम्ममा भवन निर्माण गरिसक्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

भवन निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ ।

हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवन निर्माणले थप सहयोग पु¥याउने अपेक्षा नगरपालिकाले लिएको छ ।

इलामलाई पर्यटकीय हबका रूपमा पनि विकास गर्न पनि यो आधुनिक भवनले सहयोग पुग्ने बताइएको छ ।